नवलपुरमा आज थप ४७ जना नयां संक्रमित थपिए
नवलपुरमा आज थप ४७ जना नयां संक्रमित थपिएका छन् । यो संगै हाल सम्म कोरोना संक्रमितको संख्या १० हजार चार सय २३ जना पुगिसकेका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोटमा ३८, कावासोतीमा ६, मध्यविन्दुमा २, विनयी त्रिवेणीमा १ जना गरी ४७ जना नयां संक्रमित थपिएका छन् ।

त्यसैगरी आज १०० जना संक्रमित निको भएका छन् हाल सम्म नवलपुरमा ७५३१ जना संक्रमित निको भएका छन् । त्यसैगरी नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ३१४ जना छन् ।
योसंगै नवखपुरमा कोरोना बाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेका छन् ।