नवलपुरमा भट्टराईको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन
नवलपुर । पूर्वी नवलपरासीमा सालिकराम भट्टराईको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।
डा. गोपाल खनालको प्रमुख आतिथ्यतामा आइतबार कावासोतीमा भएको भेलाले ६३ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो ।
भेलाले नवलपुरबाट धनन्जय शर्मालाई केन्द्रिय प्रतिनिधि चयन गरेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
त्यसैगरी जिल्ल कमितिको उपाध्यक्षमा गणेशमान महतो –कावासोती), सचिवमा झविलाल राना (हुप्सेकोट), उपसचिवमा सुस्मा काफ्ले (प्रगतिनगर) लाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा डा. गोपाल खनाल, भरत तिवारी, खगराज कंडेल (देवचुली), श्यामप्रसाद भुसाल, ठाकुर गैरे –विद्यार्थी), प्रेमनारायण पाण्डे (युवा), प्रेम विक (दुम्किबास), अर्जुन पाण्डे (विनयी त्रिवेणी), अर्जुन विक (विनयी त्रिवेणी), गोविन्द विक (कावासोती), कपिलप्रसाद काफ्ले (कावासोती) लाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मदन गिरी (कावासोती), कपिल न्यौपाने (कावासोती), हुमकान्त पराजुली (देवचुली), धनलाल भुसाल (देवचुली), टिकाराम पौडेल (गैडाकोट), अग्निधर पाठक (मध्यविन्दु) लगायतलाई चयन गरेको छ ।
भेला सालिकराम भट्टराईको अध्यक्षतामा भएको थियो । यस अघि रहेको समानान्तर कमिटिलाई नै जिल्ला कमिटिमा रुपान्तरण गरिएको भट्टराईले बताए ।
https://www.youtube.com/watch?v=_uFnrRQrjeQ