अखिल क्रान्तिकारी गैडाकोट अध्यक्षमा पौडेल
गैडाकोट । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले गैंडाकोट नगर समितिको प्रथम सम्मेलन गरेको छ ।
सम्मेलनले सुशील पौडेलको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी निर्माण गरेको छ ।
जसको सचिवमा विशद उपाध्याय चयन भएका छन् ।
अखिल (क्रान्तिकारी) गैंडाकोट नगर इन्चार्ज सनरोज भण्डारीको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सचिवालय सदस्य तथा नवलपुर पार्टी सचीव मित्रशरण शर्मा (विहानी) को प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो जसको संचालन सुशील पौडेलले गरेका थिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सचिवालय सदस्य धनप्रसाद सापकोटा, प्रदेश कमिटी सदस्यद्वय टंकमणि शर्मा, कृष्ण प्रसाद पराजुली, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहसंयोजक हरि सिग्देल, अखिल (क्रान्तिकारी) नवलपुर संयोजक ईश्वर गैर, वाईसिएल गैंडाकोट नगर कमिटी अध्यक्ष मधु खरेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय सदस्य शिवशंकर बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अखिल (क्रान्तिकारी) को केन्द्रिय निर्देशन बमोजिम अखिल (क्रान्तिकारी) नवलपुर संगठन विस्तार अभियानमा केन्द्रित भइरहेको छ ।

अखिल (क्रान्तिकारी) नवलपुरले यहि भाद्र १९ गते जिल्ला सम्मेलन गर्दै छ । यसैको पुर्ब तयारीमा नगर सम्मेलन गरिएको छ ।
https://www.youtube.com/watch?v=_uFnrRQrjeQ