नवलपुरमा सक्रिय संक्रमितको संख्या २ सय ५२
नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार आईतबार सक्रिय संक्रमितको संख्या २ सय ५२ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३० जना नयां सक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार गैडाकोटमा ३० जना संक्रमित थपिएका हुन् । अहिले संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दो क्रममा छ ।

त्यसैगरी आज ९२ जना संक्रमित निको भएका छन् भने हाल सम्म निको हुनेको संख्या ७६२३ पुगेको छ ।
त्यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ ।