पश्चिम नवलपरासीको बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्रीद्वारा अनुगमन
गोपी ज्ञवाली –
नवलपरासी, १३ भदौ । पछिल्लो एक हप्तादेखि परेको वर्षा र बाढीका कारण ढुबानमा परेको पश्चिम नवलपरासीको विभिन्न स्थानमा लुम्बिनी प्रदेशका मुख्य मन्त्रि कुल बहादुर केसीले अनुगमन गर्नु भएको छ ।
एक हप्तादेखि परेको अविरल वर्षका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासी सहित जिल्लाको दक्षिणी भागको हजारौ विगाहा जमिन ढुबानमा परेको छ भने सयौंको संख्यामा मानिसहरु विस्थापित भएका छन ।
पछिल्लो एक हप्ता देखी निरन्तर परेको वर्षा संगै गत बुधवार र विहिवार परेको मुलाधारे पानीले गर्दा पश्चिम नवलपरासीका सात वटै स्थानिय तहहरु प्रभावित भए पछि मुख्य मन्त्रि कुल बहादुर केसीले आईतवार जिल्लाको बाढी प्रभावित क्षेत्रको अनुगमन गर्नु भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले बताउनु भएको छ ।

लुम्बिनी प्रदेशका मुख्य मन्त्रि कुल बहादुर केसीले बाढी प्रभावित जिल्लाको सदरमुकाम परासी, पाल्हीनन्दन गाउँपालिकाको दक्षिणी क्षेत्रको शंकरपुर, महेशपुर, सरावलको भुजहवा, वर्दघाटे, सुनवलको जर्गाह पुल, परासीको झरही खोलामा बाँध फुटेको स्थान सौवाटिर लगाएतका स्थनहरुको आईतवार अनुगमन गर्नु भएको नेकापा माओवादीका प्रदेश सदस्य सुर्य न्यौपानेले बताउनु भयो ।
https://www.youtube.com/watch?v=_uFnrRQrjeQ
बाढि प्रभावित क्षेत्रको अनुगमन पछि मुख्यमन्त्रि केसीले जिल्लका विभिन्न पार्टीका जिल्ला नेता एवं ब्यापारीहरुसंगको भेटघाटका क्रममा नवलपरासी जिल्लाको बाढी प्रभावित क्षेत्रका जनतालाई रहत महसुस हुने गरि प्रदेशको अन्य क्षेत्रको बजटमा कटौती गरेर भए पनि नवलपरासीको विपद ब्यावस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको नेता न्यौपानेले बताउनु भयो ।
नवलपरासीबाट जितेर मन्त्रि कन्नु भएका विना विभागिय मन्त्रि अजय शाही पनि अनुगमनमा नवलपरासीको बाढि प्रमावित क्षेत्रमा मुख्य मन्त्रिसंग पुग्नु भएको थियो ।
