हुप्सेकोटमा ४ वर्षमा ९ किलोमिटर कालोपत्रे
नवलपुर । पूर्वी नवलवपरासीको हुप्सेकोटमा ४ वर्षमा ९ किलोमिटर बाटो कालोपत्रे गरिएको छ ।
जनप्रतिनिध निवार्चित भएयता पछिल्लो ४ वर्षमा ९ दशमलव ५९ किलोमिटर बाटो कालो पत्रे सम्पन्न भएको गाँउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताईन् ।
त्यसैगरी ९ किलोमिटर कालोपत्रे निर्माण अन्तिम चरणमा पुगेको उनले बताईन् ।
गाउँपालिका स्थापना हुदा १४२ दसमलब ५ किलोमिटर कच्चि बाटो रहेकोमा बढाएर २ सय ९० दसमलव पुर्याएको छ ।
त्यसैगरी ४ बर्ष अघि ७ दशमलब ५१ किलोमिटर मात्र ग्राभेल बाटो रहेकोमा त्यसलाई स्तरोन्नति गरी १५३ दशमबल ५ किलोमिटर बाटो ग्राभेल गरिएको अध्यक्ष पाण्डेले बताइन् ।