नवलपुरमा पछिल्लो २४ घण्टामा  २३ जना नयां सक्रमित थपिए


नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार सक्रिय संक्रमितको संख्या २ सय १ रहेको छ ।



यसैगरी पछिल्लो २४ घण्टामा  २३ जना नयां सक्रमित थपिएका छन् ।

 




स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडाकोटमा ७, देवचुलीमा ६, कावासोतीमा ६, मध्यविन्दुमा २, हुप्सेकोटमा १, बुलिङ्गटारमा १ जना गरी २३ जना नयां संक्रमित थपिएका हुन् । अहिले संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दो क्रममा छ ।

 

नवलपुरमा हाल सम्म ७७१६ मा एन्टिजेन परिक्षण गरेकोमा २ हजार ८७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज ७४ जना संक्रमित निको भएका छन् भने हाल सम्म निको हुनेको संख्या ७६१७ पुगेको छ ।

 

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ ।

 



सम्बन्धित
Loading...