चितवनमा ३० कोरोना संक्रमित थपिँदा २०० जना संक्रमणमुक्त
चितवनमा पछिल्लो २४ घन्टामा जम्मा ३० जना कोरोना संक्रमित थपिँदा २०० जना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना भाइरसका सक्रिय संक्रमित निरन्तर आरोलो लागिरहेको छ ।
भदौ ११ गते एक हजार ७११ मा रहेको संक्रमित आइतबार झरेर एक हजार ५९१ पुगेको थियो । आज सोमबार अझ झरेर सक्रिय संक्रमितको संख्या १ हजार ४२० मा आइपुगेको छ । केही दिनअघिदेखि सक्रिय संक्रमितको संख्या बिस्तारै कम हुँदै आएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार केही दिन यता संक्रमित थपिने भन्दा मुक्त हुनेको संख्या बढ्दै गइरहेको छ ।
![]()
भदौ १ गते दुई हजार ५०१ जना सक्रिय संक्रमित थिए। त्यसपछि निरन्तर यो संख्या ओरालो लाग्दै आएको छ। पछिल्लो केही दिनयता संक्रमित थपिनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै गएको छ। आज सोमबार भरतपुर महानगरपालिकाका २३ जना, रत्ननगर नगरपालिकाका ४ जना, खैरहनीमा १ कालिका नगरपालिकामा १ रातिमा २ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार हालसम्म २४ हजार ५७५ जना संक्रमित हुँदा २२ हजार ७६३ जना संक्रमणमुक्त भइसकेका छन्। चितवनमा कूल संक्रमितमध्ये ३९२ जनाको मृत्यु भइसकेको छ ।