नवलपुरमा अन्य प्रदेशमा दर्ता भएका यातायातको कर स्थगित लाईसेन्स नविकरण नहुदा समस्या


रामकुमार श्रेष्ठ
नवलपुर । नयाँ जिल्ला नवलपुरमा नयाँ जिल्ला भएसँगै यातायात व्यवस्था कार्यालय पनि स्थापना भयो । यातायात व्यवस्था कार्यालय स्थापना भएसँगै यहाँका बासिन्दालाई सवारी चालकको नयाँ लाइसेन्स लिन, कर तिर्न, लाइसेन्स नविकरण गर्न चितवन, विरगञ्ज, बुटवल, पोखरा, काठमाडौं जानु पर्ने बाध्यता हट्यो भनेर यहाँका बासिन्दा खुसी भए तर त्यो खुसी धेरै समय टिक्न सकेन ।



देश संघीयतामा गएपछि पूर्वमा छिमेकी जिल्ला चितवन बाग्मती प्रदेश पश्चिममा छिमेकी जिल्ला पश्चिममा पश्चिम नवलपरासी लुम्बिनी प्रदेशसँग जोडिएको जिल्ला नवलपुरमा यातायात कार्यालय खुलेपछि यहाँका सेवाग्राही बुटवल, विरगञ्ज, चितवन, काठमाडौं, पोखरा धाउनु पर्ने समस्या अन्त्य भयो भन्नेमा थिए तर त्यो खुसी लामो समय रहन सकेन ।
यातायात व्यवस्था कार्यालय नवलपुरले गण्डकी प्रदेशबाट सवारी साधन लिएकाको मात्र कर लिने गरी सूचना जारी गरेको छ तथापि कर मात्र नलिएर अन्य प्रदेशबाट जारी भएको तर गण्डकी प्रदेशमा घर भएकाको समेत लाइसेन्स नविकरण नभएको सेवा ग्राहीको गुनासो छ ।

यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख ज्ञानप्रसाद भुसालले यहाँबाट अनलाइनमा डाटा देखिएको अभिलेख भेटिएकाको हकमा नविकरण भएको तर अभिलेख नै नदेखिएको हकमा भने जहाँबाट लाइसेन्स निकालिएको हो उहीबाट अभिलेख चढाउन सेवाग्राहीलाई पठाउने गरेको बताए ।
सेवाग्राहीले भने यहीबाट अभिलेख चढाउने पर्नेमा यहाँबाट नचढाएको र अभिलेख नभेटिएकाको पनि चिनेजानेको हकमा भने काम हुने गरेको बताए ।





त्यसो कार्यालय स्थापना भएको दुई बर्षमा यस कार्यालयले केही समय अनेत्रबाट लिएका सवारी साधनको कर लिने र अनेत्रबाट लिर्ईएका सवारी चालक अनुमति पत्र पनि नविकरण गरेको थियो । अहिले त्यो व्यवस्था कुनै परिपत्र नआएको भन्दै कार्यालयले सूचना जारी नै गरेर स्थगित गरेको छ ।
कार्यालय प्रमुख भुसालले अन्य प्रदेश सरकारले यस्तो विषयमा निर्णय गरिसके पनि गण्डकी प्रदेश सरकारबाट निर्णय भएर परिपत्र नआएका कारण अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर लिने काम रोकिएको बताए । उनले प्रदेश सरकारले निर्णय गर्ना साथ कर लिन शुरु गरिने बताए ।
स्थानीय सेवाग्राही गोबिन्द नेपालीले यो व्यवस्थाले यहाँका सेवाग्राही मारमा परेको बताए । उनले भने ( यातायात कार्यालय यहाँ आएपछि हामीलाई सहज हुनेमा आशावादी थियौं तर घर यही भएका तर अनेत्रबाट सवारी साधन किनेका र अनेत्रबाट चालक अनुमति पत्र लिएकाहरु अनेत्र नै गएर कर तिर्नु पर्ने नविकरण गर्नु पर्ने भयो ।’

अन्य प्रदेशले पुरानो बाकी रहेका लाइसेन्सको लागि बायोमेटिूक सलिखित, टूायल खोली नयाँ लाइसेन्स वितरण गर्दा पनि यातायात व्यवस्था कार्यालय नवलपुर कावासोतीले भने अझै त्यसो नगरेको अर्का सेवाग्राही टकबहदुर बिकले बताए ।

भनसुन र लेनदेनमा काम बन्ने
कार्यालयले सूचना नै जारी गरेर गण्डकी प्रदेश बाहेक अनेत्र दर्ता भएका सवारी साधनको कुनै पनि कर नलिने जनाइरहे पनि भनसुन, चिनेजानेका र लेनदेनका आधारमा भने काम गरिरहेको सेवाग्राहीले गुनासो गरेका छन् ।
सामान्य सेवाग्राही जाँदा सोही काम नहुने तर कार्यालयका प्रमुख, कर्मचारीहरुले चिनेजानेका आफन्तको काम भने भईरहेको स्रोतले जनायो । यस्ता काम लेनदेनमा पनि भईरहेको उनीहरुको गुनासो छ । अन्य प्रदेशमा यो खालको नियम छैन तर कार्यालय प्रमुखको नजिकको मान्छेको भनी अन्य प्रदेशको पेपर लाइसेन्स पनि नवीकरण भएको गुनासो सेवाग्राहीको छ । यातायात व्यवस्था कार्यालय कावासोतीमा भएर पनि सेवा लिन नपाएको कारण नवलपुरका सेवाग्राही मारमा परेको यहाँका सेवाग्राहीको गुनासो छ ।
यातायात व्यवस्था कार्यालय नवलपुरका प्रमुख ज्ञानप्रसाद भुसालले भने आफ्नो कार्यालयमा चिनेजानेका भनसुन र लेनदेनको आधारमा काम नभएको दावी गरे ।
अन्य प्रदेशले लाइसेन्सको फर्म खोली नंया लाइसेन्स वितरण गर्दा पनि कावासोतीबाट भने नयाँ लाइसेन्सको प्रक्रिया बन्द गरेको छ भने पुरानो बाकी काम पनि नभएको र यसबाट नया लाइसेन्स लिन उमेर पुगेका युवा युवती मध्य एक युवा आफू बर्सौदेखि लाइसेन्स लिने प्रक्रियामा बसेको टकबहदुर बिकले बताए ।
निषेधाज्ञाका कारण लाइसेन्स परीक्षा रोकियो
यातायात व्यवस्था कार्यालय नवलपुरले गत बर्ष निषेधाज्ञा खुलेको समयमा केही आवेदन माथि सवारी चालक अनुमति पत्रको परीक्षा लियो । तर अहिले भने त्यो रोकिएको छ ।
कार्यालय प्रमुख भुसालका अनुसार मोटरसाइकल, स्कुटी, कार र टेप्पोको धेरै आवेदन परेका थिए । ति मध्ये क्रमिक रुपमा परीक्षा लिने क्रम चलेको थियो तर, निषेधाज्ञा जारी भएसँगै त्यो रोकिएको छ ।
त्यसैगरी नवलपुरमा अहिले धेरै ट्याक्टर चालकहरुसँग सवारी चालक अनुमति पत्र छैन तर उनीहरुको पनि सवारी चालक अनुमति पत्र लिनका लागि परीक्षा भएको छैन ।
ट्याक्टरको लागि टूायल दिने स्थान नभएका कारण परीक्षा हुन नसकेको सेवाग्राही बताउँदछन् तर, कार्यालय प्रमुख भुसाल भन्छन् ( टूायल दिने स्थान नभएर भन्दा पनि थोरै निवेदन परेका कारण थप निवेदन परे पछि लिने तयारी गरिरहेका थियौं ।
त्यो पनि कोभिडकै कारण भएको निषेधाज्ञाका कारण रोकियो ।
उनले सरकारले सवारी साधन चालक अनुमति पत्र दिनका लागि परीक्षा दिने निर्णय गर्ना साथ हामी लिने छौं ।



सम्बन्धित
Loading...