दाउन्नेमा ठूलो पहिरो, सडक अवरुद्ध




प्रेमचन्द रौनियार –
नवलपरासी । पूर्वपश्चिम राजमार्गको पश्चिमी नवलपरासीको वर्दघाट नगरपालिका ४ दाउन्नेको वाँसघारी र खुर्सानी खोला नजिक ठूलो पहिरो खसेको छ ।

पहिरोको कारण सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिमी नवलपरासीका नायब प्रहरी उपरीक्षक एंवम सूचना अधिकारी राजु लामाले दिएको जानकारि अनुसार तीन चार दिन देखि परेको अबिरल वर्षाका कारण करिब १०० मिटर लामो पहिरो खसेको छ ।




पहिरो खसको कारण पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने साना ठुला सवारी कुनै पनि सञ्चालनमा आउने सकेको छैन ।

ईलाका प्रहरी कार्यालय वर्दघाटका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा खटेका प्रहरी टोली, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको टोलीले पहिरो पन्छाउने काम गरिरहेको छ ।

पहिरो ठुलो भएका कारण पहिरो पन्छाउने समय लाग्ने र रातिसम्ममा सडक सञ्चालन हुन सक्ने सम्भावना रहेको लामाले बताए ।

https://www.youtube.com/watch?v=5EY3fk3fueY

 



सम्बन्धित
Loading...