११ औं अन्तर्राष्ट्रिय बेपत्ता दिबसमा दीप प्रज्ज्वलन

घनश्याम बगाले –
नवलपरासी पूर्व । विभिन्न समयमा राज्य र गैह्र राज्य पक्षबाट बलपूर्वक बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्न एमनेस्टी नेपाल समूह ४० नवलपुरले आज कावासोतीमा माग गरेको छ ।
बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको ११ औं अन्तर्राष्टिय दिवसको अवसरमा दीप प्रज्ज्वलन गरी आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ नवलपुरका सभापति बीरेन्द्र पराजुलीले राज्यले अविलम्व रोम बिधान अनुमोदन गर्नु पर्ने बताउनु भयो ।
पराजुलीले नेपालमा बेपत्ता पारिएकाहरुको स्थिती सार्वजनिककरण गरी पिडितलाई परिपुरण सहितको सुनिश्चित एवं दोषीलाई कानुनी कार्यबाही हुनु पर्ने बताउनु भयो ।
बेपत्ताहरुकै सम्वन्धमा संयुक्त राष्ट संघको रोहवरमा राज्य र तात्कालिन विद्रोही पक्ष वीच भएको विस्तृत शान्ति सम्झौताको बुदा नं. ५.२.३ मा दुबै पक्ष द्धारा बेपत्ता पारिएका ब्यक्तिहरुको तथा युद्धका समयमा मारिएकाहरुको बास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिन भित्र सार्वजनिक गरी परिवारलाई जानकारी दिनु पर्ने उल्लेख गरिएको छ ।
तर सम्झौता भएको १५ वर्ष विति सक्दा पनि बेपत्ताहरुको अवस्था सार्वजनिक नहुदा पिडीत परिवारले राज्यको महसुस गर्न नसकेको बताएकाछन् । सन २०१५मा स्थापना भएको बलपूर्वक बेपत्ता पारिएकाहरुको छानविन आयोगमा ३ हजार उजुरी परे पनि केबल ५ सयको मात्र प्रारम्भिक अनुसन्धान सुरु भएको बताईन्छ ।
https://www.youtube.com/watch?v=5EY3fk3fueY&t=30s
द्धन्द कालिन समय सन २००३ र २००४ मा लगातार दुई वर्ष सम्म नेपाल विश्वमा सर्वाधिक नागरिक बेपत्ता पारिने मुलुक बन्न पुगेको थियो । विभिन्न स्रोतको तथ्यांक अनुसार बेपत्ता पारिनेहरुमा बर्दिया जिल्लाबाट करिव २ सय २० जना मानिस बेपत्ता पारिएका थिए ।
यसै गरी नवलपरासी पूर्वमा पनि हाल सम्म १५ जना मानिस बेपत्ता रहेको र उनीहरुको स्थिति हाल सम्म सार्वजनिक हुन नसकेको बताईन्छ ।
एआई नेपाल समूह ४० नवलपुरका संयोजक घनश्याम बगालेको सभापतित्वमा सम्मपन्न कार्यक्रममा कुमारवर्ती क्याम्पसका प्रमुख गुरु सुबेदी, कावासोती नगरविकास समितिका पूर्व अध्यक्ष सुरज गुरुड.ग, समाजसेवी एवं संचार उद्यमी भरत पोखरेल,लगायत शिक्षक , प्राध्यपक एवं एमनेस्टी अभियन्ताहरुको उपस्थिति रहेको थियो ।