क्रान्तिकारी माओवादीद्वारा ‘जनबिद्रोहको रिर्हशल’ तयारी




नवलपरासी –  नेकपा ( क्रान्तिकारी माओवादी) ले संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । सो पार्टीको हालै सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकको निर्णय अनुसार प्रदेशभर यो अभियान संचालन गर्ने निर्णय लिएको हो ।

राजनीति, सम्पर्क, संगठन र संर्घष(राससस) नाम दिइएको अभियानमा प्रदेशमा सबै स्थानीय तहमा पार्टी सम्पर्क स्थापित गर्ने पोलिटब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुबेदीले बताउनुभयो ।




अभियानले राजनैतिक बैचारिक प्रशिक्षण, जनसम्पर्क अभिबृद्धि, संगठन निर्माणका साथै संर्घषको खाका कोर्ने अर्का पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

अभियानकै बीचमा वर्गीय पहिचान सहितका औजार लिएर जिल्ला सदरमुकाममा प्रर्दशन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

पेशागत रुपमा जसले जे काम गर्छ त्यो औजार सहित प्रर्दशन गर्ने कार्यक्रम छ – न्यौपानेले भन्नुभयो – मजदुर किसान युवा बिद्यार्थी सबै तप्कालाई लिएर कार्यक्रम गरिनेछ । यो एक प्रकारको जनबिद्रोहको रिर्हशल हो ।

जिल्ला जिल्लामा संर्घषका खाका बनाउन जिल्ला बैठकहरु संचालन भइरहेको उहाँको भनाई छ । सो क्रममा मंगलवार पश्चिम नवलपरासी जिल्लाको बैठक हुने क्रान्तिकारी माओवादीले जनाएको छ ।

https://www.youtube.com/watch?v=5EY3fk3fueY&t=30s

 

 



सम्बन्धित
Loading...