नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय ७४
नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मंगलबार सक्रिय संक्रमितको संख्या १ सय ७४ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ९ जना नयां सक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडाकोटमा ३, देवचुलीमा ३, कावासोतीमा २, मध्यविन्दुमा १ जना गरी ९ जना नयां संक्रमित थपिएका हुन् । अहिले संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दो क्रममा छ ।
नवलपुरमा हाल सम्म ७७५५ मा एन्टिजेन परिक्षण गरेकोमा २ हजार ८८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज ३६ जना संक्रमित निको भएका छन् भने हाल सम्म निको हुनेको संख्या ७७६६ पुगेको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ ।