बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) को दाबी


माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।



मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका हुन् ।

हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसहरुले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउनासाथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दावी गर्ने स्पष्ट पारे ।




यही भदौ २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरुको संख्या सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले सो संख्या सार्वजनिक गर्नेबित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा पर्नेछ ।

त्यसै दिनदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने नेता पाण्डेले जानकारी दिए । नेता पाण्डेले सत्तारुढ दलहरु सबैले मुख्यमन्त्रीमा आफूलाई सहमति दिएको पनि बताए ।

एमाले छाडेर माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी रोज्नेहरुमा नेताहरुमा सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधव पौडेल, बसन्त मानन्धर, बसुन्धरा हुमागाईं, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, रमा आले मगर र कुसुमकुमार कार्की छन् ।

https://www.youtube.com/watch?v=5EY3fk3fueY&t=64s

 



सम्बन्धित
Loading...