अवैधरूपमा चन्दा संकलन गर्ने दुई पक्राउ

भरतपुर । गैरकानुनीरूपमा कार्यालय सञ्चालन गरी कर्मचारीसमेत राखेर चन्दा उठाउने दुई व्यक्ति मंगलबार प्रहरीको फन्दामा परेका छन् ।
गैरकानुनीरूपमा चन्दा स्वरुप रकम संकलन गरेको सूचनाका आधारमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ घर भई चितवन बस्ने वर्ष ५१ का सकुचन लामा र मकवानपुरको मनहरी गाउँपालिका वडा नं ३ बिजौला बस्ने वर्ष २४ को पासाङ नोर्बु लामा आइतबार पक्राउ परेका हुन् ।
निजहरुलाई नियन्त्रणमा लिई अवैध चन्दा संकलन गरेको कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=5EY3fk3fueY&t=64s