कावासोतीमा अझै १ हप्ता पिउने पानी नआउने

गत असार २२ गते र भाद्र १० गते आएको अविरल वर्षा सहितको बाढीले कवासोती खानेपानी तथा उपभोक्ता सस्थाको करिव १६ सय मिटर लामो खानेपानीको पाइप बगाएको छ ।
केरुंगे खोलामा आएको ठुलो बाढीले खानेपानीको पाइप बगाउदा करिव २ करोड १६ लाख बराबरको क्षति पुगेको कावासोती खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष भिमलाल कण्डेलले जानकारी दिन’भयो ।
वर्षा सहितको खोलामा आएको बाढीले गत असार २२ गते पनि खानेपानीको पाइप बगाउदा कावासोतीका केही स्थानमा खानेपानीको समस्या भएको थियो त्यसपश्चात अस्थायी रुपमा पाइप राखेर सञ्चालित पाइप पुन भाद्र १० गते को बाढीले ठुलोमात्रामा क्षति प’राएको अध्यक्ष कण्डेलको भनाई छ । यसको विस्तार एवम् सम्भारका लागि स्थानिय तह ,प्रदेश र संघ लाई जानकारी गराएको अध्यक्ष कण्डेलले बताए ।
ऋस्थायी पाइपको सहयोगमा धारामा पानी आउन १ हप्ताको समय लाग्ने भएता पनि पुर्ण रुपमा पाइपको विस्तार भने आगामि मंिसर महिनाबाट मात्र सुरु हुने उहाँको भनाई छ ।
भिषण बाढीले कावासोती खानेपानीमा प’राएको क्षतिको ब’धबार स्थलगत निरिक्षण गनर्’ह’दै प्रतिनिधि सभा सांसद तिलक महत्तले कावासोतीको केरुंगे खोलालाई तटवन्धन गर्ने र उचित तरिकाले क्षति नह’ने गरि उत्खनन गनर्’पर्ने देखिएको बताउन’भयो ।
गत भाद्र १० गतेको अविरल वर्षा सहितको भिषण बाढीले केरुंगे खोला ह’दै आएको कावासोती खानेपानीको पाइपमा क्षति प’गेको हो । जसका कारण अहिले कावासोती वडा नम्व्र २ ,५ र ६ का गरि २५ सय धारामा पानीको अभाव भएको छ ।
खानेपानीको समस्या बढ्दै गएपछि स्थानियहरु ऋहिले खोलाको छेउछाउमा २ देखि ३ घण्टा टाढा पानी लिन जान बाध्य भएका छन् । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले अहिले सम्म ८ हजार ५ सय धारामा पानी उपलब्ध गराउदै आएको छ ।