मध्यबिन्दु ३ ब्रम्हस्थानको बिकाशका लागी दिर्घकालीन योजना बनाउनुपर्ने मा जोड;शालीकराम भट्टराई
ब्रम्हस्थान नवलपुर, १७ भदौ बिकाशको दिर्घकालीन योजना बनाउन नसक्दा मध्यबिन्दु ३ ब्रम्हस्थानमा सोचे जस्तो बिकाश हुन नसकेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । आज (बिहीबार) ब्रम्हदीप क्लब मध्यबिन्दु ३ ले आयोजना गरेको बृहत छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । ब्रम्हस्थानमा नारायणी नदीले गर्ने कटान, चितवन रास्ट्रीय निकुञ्जबाट निस्कने जंगली जनावर गैंडा, बदेलको अातकं, हरेक बर्षामा उचित ढल निकाश नहुदा हुने डुबान, लगाएतका बिभिन्न समस्या रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।

कार्यक्रमा बोल्ने अधिकान्स बक्ताहरुले ब्रम्हस्थान पर्यटकीय र धार्मिक हिसाबले निकै प्रबल सम्भावना बोकेको ठाँउ भएकाले सम्भावनाको पहीचान गरी दिर्घाकालीन योजनाको निर्माण गरी अगाडी बढनुपर्ने बताएका थिए । ब्रम्हस्थानमा केदारनाथ धामको शिलान्यास भएपछी निकै उत्साहीत भएका स्थानीय धाम बन्ने कुरा सेलाउदै गएकोमा दुखी भएको बताएका छन ।

कार्यक्रममा ब्रम्हदीप क्लबका सल्लाहकार तथा बुद्धिजीवी थम नारायण शर्मा, लोक नाथ ( राजु )अर्याल, बुद्धिजीवी मान बहादुर महतो, गुणराज पौडेल लगायतकाले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा सहभागी सबैको धारणा सुनेपछि मध्यबिन्दु ३ का वडा अध्यक्ष अमर महतोले ब्रम्हस्थानमा बिभिन्न समस्या रहेको र त्यसको समाधानका लागी आफु निरन्तर लागीपरेको बताउनुभयो ।
कार्यक्रम ब्रम्हदीप क्लबका अध्यक्ष भानुभक्त पौडेलको अध्यक्षता र क्लबका सहसचिब सुर्य पौडेलको सन्चालनमा सम्पन्न भएको थियो । क्लबले मध्यबिन्दु ३ का इच्छुक बासीन्दालाइ क्लबको सदस्यता लिनका लागी समेत आग्रह गरेको छ । क्लबले ब्रम्हदीप क्लबको दर्ताका लागी सहयोग गर्ने सम्पुर्णलाई बिशेष धन्यवाद समेत प्रदान गरेको छ ।