कांग्रेसका नेता बलात्कार गरेको आरोपमा पक्राउ


१८ भदौ । नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री बलात्कार आरोपमा पक्राउ परेका छन् ।



जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार स्थानीय ४३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा भदौ ८ गते खत्रीलाई पक्राउ गरेको हो ।




खत्रीमाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पीडित महिलाले खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएकी थिइन् । उनको रोल्पा अस्पताल रेउघामा स्वास्थ परीक्षण गरिएको छ ।

 



सम्बन्धित
Loading...