लागु औषध सहित मध्यविन्दु–५ का बोहरा पक्राउ


चोरमारा । नवलपुर प्रहरीले लागुऔषध नाईट्रोभेट सहित मध्यविन्दु–५ का पवन बोहरालाई शनिबार राति पक्राउ गरेको छ । मध्यविन्दु–७ चोरमाराको धजाहा चोकबाट बोहरालाई दुई सय ९७ पिस नाईट्रोभेट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।



जिप्रका प्रहरी सहायक निरीक्षक पुरन केवटको कमाण्डमा खटीएको प्रहरी टोलिले लु ५७ प २९०४ नम्बरको मोटरसाइकलमा बसिरहेका बोहरालाई शंका लागि चेकजाँच गर्दा मोटरसाईलमा लुकाई राखेको अवस्थामा लागुऔषध बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका बोहरालाई हिरासतमा राखेर लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूर अन्तर्गत अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताउनुभयो ।



सम्बन्धित
Loading...