प्रतापपुरमा हरिजन युवा मञ्चद्वारा राहत वितरण

रामकरण अम्बेडकर –
प्रतापपुर । पश्चिम नवलपरासीमा प्रतापपुर गाउँपालिका वडा नं. ३ नन्दपुरमा ३१ घर परिवारलाई हरिजन युवा मन्च नवलपरासीद्वारा बाढी पीडितहरुलाई राहत वितरण गरेको छ ।
अविरल वर्षाका कारण बाढी आए पछि घरमा पानी पसेर घर समेत भत्केर घर भित्र रहेका खाद्यान्नहरु समेत नष्ट भए पछि भोग्कै बस्न परेका थिए ।
उनीहरुलाई हरिजन युवा मन्च नवलपरासीद्वारा चामल, आलु, नुन, तेल, सोयाविन वितरण गरिएको सन्तोश हरिजनले जानकारी दिए ।
हरिजन युवा मञ्चका अध्यक्ष मनोहर हरिजन पवन हरिजन, जितेन्द्र हरिजन, सुर्यनाथ हरिजन लगायतले आफैमा चन्दा संकलन गरी राहत वितरण गरेको हरिजन युवा मञ्चका अध्यक्ष मनोहर हरिजनले बताए ।
त्यसैगरी प्रतापपुर गाउँपालिका र सिडिएम नेपाल पनि खाद्यान्न सामग्री र बस्नका लागि त्रिपाल वितरण गरेको थियो ।