देवचुलीमा असोज १ गतेबाट विद्यालय खुल्ने


कृशला सापकोटा – देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा असोज १ गतेबाट विद्यालय खुल्ने भएको छ ।



कोरोना कहर सुरु भए संंगै नेपालका शैक्षिक संस्थाहरु बन्द भएका थिए भने सक्रमणको दर घटे संगै विस्तारै शैक्षिक संस्थाहरु खुल्न थालेका छन् ।

आज बसेको देवचुली नगरपालिकाको शिक्षा समितिको बैठकले असोज १ गतेबाट देवचुली नगरपालिकाका सबै शैक्षिक संस्थाहरु खोल्ने गरि निर्णय गरेको नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठले बताए ।




यस्तैगरी कावासोती नगरपालिकाका शैक्षिक संस्थाहरु पनि भदौ २७ गतेबाट संचालन गने नगरपालिकाले निर्णय गरेको छ ।



सम्बन्धित
Loading...