नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय १७
नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार आईतबार सक्रिय संक्रमितको संख्या १ सय १७ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २० जना नयां सक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार आईतबार गैडाकोटमा ३ जना, देवचुलिमा ५ जना, कावासोतिमा ११ जना र हुप्सेकोटमा १ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी आज १३ जना संक्रमित निको भएका छन् भने हाल सम्म निको हुनेको संख्या ७८५८ पुगेको छ ।
त्यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६८ पुगेको छ ।