क्रान्तिकारी माओवादी देविनगर टोल भेला




नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर  समितिले संगठन सुदृढीकरण  तथा बिस्तार अन्तर्गत  बर्दघाट -४ देबिनगर टोल भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ  ।

भेलाले सेती थापाको नेतृत्वमा ९ सदस्सिय  देविनगर टोल समिति गठन गरेको हो ।  क्रान्तिकारी माओवादी बर्दघाट  नगर सेक्रेटरी  रामचन्द्र पोख्ररेलका अनुसार टोल समितिमा जयस्वर; गिरिराज ; अप्सरा; लालुमाया ; देउबहादुर ; गङगालगायत चयन हुनुभएको छ ।




त्यस्तै टोल टोलमा पार्टीको प्रारम्भिक (सेल) समिति जनबर्गिय  सङगठन एवं  मोर्चा  गठन कार्य तिब्र बनाइएको  पोखरेलले जानकारी दिनुभयो । भेलामा प्रमुख अतिथि सो पार्टीका लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खरेल; क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश सम्योजक रवि पान्डेय; क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा सहभागीले दलाली भ्रष्टाचारि कमिशनखोरीका विरुद्ध पार्टीले आन्दोलन छेड्नुपर्ने सुझाब दिएका थिए । युवा बिद्यार्थी ;महिला ;मजदुर; किसान; दलित र जनजातिको मागलाई पार्टीले विशेष ध्यान दिनुपर्ने उनिहरुको भनाइ  थियो । कार्यक्रम क्रान्तिकारी माओवादीका जिल्ला सदस्य ज्ञानबहादुर खत्रीको  महतोको अध्यक्षतामा भएको थियो ।

त्यस्तै सोही भेलाबाट लक्ष्मी सुनारको संयोजकत्वमा ११ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी टोल समिती गठन गरेको छ ।

क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले यहि भाद्र २५ गते बर्दघाटमा राजनीति ; सम्पर्क ; संगठन र सङघर्स ( राससस)  अभियान उदघाट्न गर्दैछ । डेढ महिने अभियानमा जिल्लाको सबै स्थानीय तहमा पार्टी बिस्तार हुने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनाएको छ ।



सम्बन्धित
Loading...