तास खेलिरहेका ५ जना पक्राउ
पोखरा महानगरपालिका १ सिम्पानी डेरा गरी बस्ने ३४ वर्षीया फुल कुमारी गर्वुजाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय वीर बहादुर गर्बुजा लगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय ८५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।