नवलपरासीमा नेकपा एसका जनप्रतिनिधी : नवलपुरमा शून्य, पश्चिममा दुई जनामात्रै


नवलपरासी २२ भदौ । पश्चिम नवलपरासीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा दुई जना जनप्रतिनिधिले सनाखत गरेका छन्। बर्दघाट नगरपालिका ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाई र सोही नगरपालिका ८ का वडा सदस्य कृष्ण पाण्डेले मात्रै एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका सम्बन्धित पार्टीले जनाएकाे छ।



पूर्वी नवलपरासीमा भने एकीकृत समाजवादी पार्टीमा हालसम्म कोही पनि नखुलेका उनले बताए। केपी ओली नेतृत्वको नेकपा एमालेबाट छुट्टिएपछि माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि कुन पार्टीमा बस्ने भनेर आजसम्म समयसीमा तोकेको थियो।



सम्बन्धित
Loading...