नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय १९
नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सक्रिय संक्रमितको संख्या १ सय १९ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २४ जना नयां सक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडाकोटमा १४, देवचुलीमा २, कावासोतीमा ४, मध्यविन्दुमा २, हुप्सेकोटमा २, गरी २४ जना नयां संक्रमित थपिएका हुन् । अहिले संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दो क्रममा छ ।
नवलपुरमा हाल सम्म ७८९७ मा एन्टिजेन परिक्षण गरेकोमा २ हजार १ सय १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज २४ जना संक्रमित निको भएका छन् भने हाल सम्म निको हुनेको संख्या ७८९१ पुगेको छ
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६८ पुगेको छ ।