प्रतिनिधि छनौट प्रतिअसन्तुष्टी देखाउँदै कावासोतीका पौडेलले दिए काँग्रेसबाट राजिनामा
कावासोती । नेपाली काँग्रेसका सक्रिय सदस्य एवम् लामीचौर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष कावासोती ७ निवासी बासुदेव पौडेलले काँग्रेसको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका छन् ।
उनले प्रतिनिधि छनौटका क्रममा कालो ढंगबाट निर्णय भएको भन्दै उनले राजिनामा दिएको विज्ञप्ति मार्फत जनाएका छन् ।
कावासोती ७ मा वडा समिति चयनदेखि क्षेत्रीय प्रतिनिधि छनौट सहमतिमा टुंग्याएको थियो ।

