चितवनका ३६ जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत, पाँच जनाले दिए फिर्ताको निवेदन




भरतपुर । चितवनका ३६ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दलमा सनाखत गरेका छन् ।

निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले दिएको जानकारीअनुसार पाँच जनाले सनाखत फिर्ताको लागि निवेदन दिएका छन् । सनाखत फिर्ताका लागि निवेदन दिनेमा रत्ननगरका चार वडा सदस्य र भरतपुरका एक जना महिला वडा सदस्य रहेका छन् । सनाखत गर्ने मंगलबार अन्तिम दिन रहेको थियो ।




चितवनका ११ जना वडाध्यक्षले समाजवादी रोजेका छन् । जसमा भरतपुर महानगरपालिकामा ५ जना, रत्ननगर नगरपालिकामा ४ जना, राप्ती र माडीमा एक/एक जना रहेका छन् । बाँकी सनाखत गराउनेहरुमा वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् । जसमा भरतपुरमा १० जना वडा सदस्य, रत्ननगरमा १२ जना, माडीमा २ र राप्तीमा १ जना वडा सदस्यले समाजवादीमा सनाखत गराएका छन् ।

चितवनका सात स्थानीय तहमध्ये कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट भने कसैले पनि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् ।

 



सम्बन्धित
Loading...