देवचुली वडा नं ५ र १२ लाई जोड्ने मोटरेबल पक्की पुल निर्माण


देवचुली,
पूर्वी नवलपरासीको देवचुली नगरपालिका रहेको बौलाहा खोलामा वडा नं ५ र १२ लाई जोड्ने मोटरेबल पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ ।



No description available.

देवचुली नगरपालिकाको वडा नं ५ र १२ जोड्ने उक्त मोटरेबल पुल सिताबास, मुण्डे हुँदै रजहर पुग्न सकिने देवचुली नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकोटाले जानकारी दिनुभयो ।




No description available.

बिशेषगरि रजहरबासी र सिताबासका बासिन्दालाई सम्पर्कमा राख्न मोटरेबल पुल निर्माण गरिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो । नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाईको ४ करोड ५७ लाख ७५ हजार १ सय ७९ रुपैँया लागतमा पुल निर्माण गरिएको हो ।

No description available.

गत आर्थिक बर्षको असोज २९ गते पुल बनाउने सम्झौता भएको थियो । त्यसको ठिक एक बर्षमा मोटेरेबल पुल निर्माण कार्य सम्पन्न भएको हो ।



सम्बन्धित
Loading...