आजदेखि कावासोतीमा खुले विद्यालयहरु


विगत चार महिनादेखि बन्द रहेका नवलपुरको कावासोतीमाशैक्षिक संस्था आजदेखि सञ्चालनमा आएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् ।



स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्र्य नगराउन शैक्षिक संस्थालाई भनिएको छ । गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्ययन र अध्यापन गराइँदै आएको थियो ।




पुर्वि नवलपरासीको कावासोतीमा विद्यालयहरु खुलेसंगै अरु पालिकाहरुमा पनि विद्यालयहरु खुल्ने तयारीमा रहेको छ ।



सम्बन्धित
Loading...