संसद बैठक फेरि सुरु, एमालेको अवरोध कायमै
प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसदहरुले अवरोध कायमै रोखेका छन् । यसअघि अवरोधकै कारण १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । स्थगित बैठक अहिले सुरु भएको हो । सभामुख अग्नि प्रसाद सापकोटाले बैठक सञ्चालनका लागि छलफल गरेपनि कुनै सहमति जुट्न सकेन ।
कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत राखेर एमाले सांसदहरुसँग छलफल गरेपनि कुनै सउहमति जुट्न सकेन् ।

सभामुखले आफ्नै चेम्बरमा छलफल गर्नुभएको थियो । एमालेबाट भने प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र नेता खगराज अधिकारी सहभागी हुनुभएको थियो ।
नेकपा एमालेले कारवाही गरिसकेपछि नयाँ पार्टी बनाएका माधव नेपालसहितका १४ सांसदलाई संसदमा प्रवेश गराए संसद अवरोध गर्ने निर्णय २३ भदौमै गरेको एमालेले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर भन्ने नाराबाजीसहित संसदको बैठक अवारोध गर्दै आएको छ ।
संसदको बैठक सरु भएको यही भदौ २३ यता एमालेले लगातार संसदको अवरोध गर्दै आएको छ ।