एमालेले अवरोध जारी राखेपछि बैठक २९ गतेसम्म स्थ’गित




प्रतिनिधिसभाको बैठक भदौ २९ गते बस्ने गरी स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले नाराबाजी गरी बैठक अवरुद्ध गरेपछि स्थ-गित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनको सहजताका लागि सांसदहरुलाई पटक पटक आग्रह गर्दापनि नारा-बाजी जारी रहेको थियो ।

आइतबार दुईपटक बैठक बसेपनि एमालेको अव\रोध जारी नै रह्यो । संसदको पहिलो बैठकको सुरुबाट नै नाराबाजी भएपनि सभामुख सापकोटाले १५ मिनेका लागि स्थागि गर्दै एमाले सांसदहरुसँग छलफल थालेका थिए। तर सहमति जुट्न सकेको थिएन् ।




कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत राखेर एमाले सांसदहरुसँग छलफल गरेपनि सहमति जुट्न नसकेको हो ।

सभामुखले आफ्नै चेम्बरमा छलफल गरेका थिए। एमालेबाट भने प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र नेता खगराज अधिकारी सहभागी भएका थिए ।

नेकपा एमालेले कारवाही गरिसकेपछि नयाँ पार्टी बनाएका माधव नेपालसहितका १४ सांसदलाई संसदमा प्रवेश गराए संसद अवरोध गर्ने निर्णय २३ भदौमै गरेको एमालेले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर भन्ने नाराबाजीसहित संसदको बैठक अवारोध गर्दै आएको छ ।

संसदको बैठक सरु भएको यही भदौ २३ यता एमालेले लगातार संसदको अवरोध गर्दै आएको छ ।



सम्बन्धित
Loading...