बागमती प्रदेश: एकीकृत समाजवादीको संसदीय दलको नेतामा पाण्डे
निर्वाचन आयोगले प्रदेशसभा सचिवालयलाई पत्र पठाए लगत्तै बसेको सो पार्टीको संसदीय दल बैठकले पाण्डेलाई चयन गरेको हो ।
बैठकले संसदीय दलको विधान समेत पास गरेको छ ।
यस्तै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय पनि लिइएको छ । योसंगै शाक्य अल्पमतमा पर्नु भएको छ । बागमती प्रदेशसभामा नेकपा एसका १३ जना सांसद रहेका छन् ।