ठूलो मात्रामा चोरीका मोटरसाइकल सहित नवलपुरमा ६ जना पक्राउ



नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले चोरीका मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ ।



इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले विभिन्न स्थानबाट चोरी भएका १६ थान मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी दिलीपकुमार गिरीले बताए ।

लु ३० प २४८७, लु ३९ प २७९५, लु २५ प ५०३१, लु ५७ प ३२१५, लु ३४ प २४८७, ना ४३ प २५०२, लु ३५ प ८२१३, लु ५५ प ४०५१, लु ५० प ४१५, लु ३४ प २८५३, लु २२ प ८२१७, लु ३३ प २१०९, लु ३४ प ८४५५, लु ४५ प ५१०२, लु १६ प ९३०९ र लु ३५ प ९२५८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।




प्रहरीले नवलपुरको मध्यबिन्दु नगरपालिका १० निवासी २९ बषीृय मुकेश थापा, पाल्पा जिल्लाको निस्दी गाउँपालिका ७ बस्ने बर्ष २५ को खेम बहादुर सारु, नवलपुरको बिनयी त्रिवेणी २ बस्ने बर्ष ३० को गंगा बहादुर मगर, मध्यबिन्दु १० बस्ने बर्ष ३३ को दिल बहादुर सोती मगर, बिनयी त्रिवेणी ४ बस्ने बर्ष २३ को प्रेम बहादुर परियार र बर्ष २० को मिलन थापालाई पक्राउ गरेको हो । अन्य फरारको पनि खोजी भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...