सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार एक सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएको छ । हिजो चाँदीको मूल्य ११९५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२०० कायम गरिएको महासंघले जनाएको छ ।