गैडाकोटमा थप १ संक्रमितको निधन
पूर्वी नवलपरासीमा थप १ जना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोट १७ बस्ने ६२ बर्षीय महिलाको निधन भएको हो ।
भदौ २० गते मध्यविन्दु जिल्ला अस्पताल डण्डामा स्वाव संकलन गरेको र सोही दिन रिपोर्ट पोजेटिभ आएको हो । उनलाई निमोनिया सम्बन्धी बिरामी थियो ।

भदौ २७ गते नयां मेडिकल कलेज भरतपुरको कोभिड आई.सि.यु मा भर्ना भएको थियो ।
भदौ २८ गते करिव १२ बजेको समयमा उपचाररतको क्रममा भरतपुर जिल्ला अस्पतालमा निधन भएको हो । शव ब्यवस्थापनको लागी आवश्यक समन्वय भईरहोको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।