नवलपुरमा सक्रिय संक्रमित संख्या १ सय २८
नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सक्रिय संक्रमितको संख्या १ सय २८ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ९ जना नयां सक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडाकोटमा ४, कावासोतीमा ५ जना नयां ९ जना नयां संक्रमित थपिएका हुन् । नवलपुरमा हाल सम्म ८०१६ मा एन्टिजेन परिक्षण गरेकोमा २ हजार १ सय ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज ९ जना संक्रमित निको भएका छन् भने हाल सम्म निको हुनेको संख्या ७९५१ पुगेको छ
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७० पुगेको छ ।