डेढ लाख नगद सहित जुवातास खेल्ने/खेलाउने आठ जना पक्राउ

चितवन। पूर्वी चितवनमा करिब डेढ लाख नगद सहित चितवन प्रहरीले जुवा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा मंगलबार बेलुकी ५ बजे खटिएको प्रहरीले आठ जुवाडेलाई पक्राउ गरेको हो ।
घरधनी कृष्ण श्रेष्ठसमेत आठ जना भेला जम्मा भइ घरको तल्लो तलामा रहेको पछाडि पट्टीको कोठामा खाल थापी पैसाको हारजित हुने गरी तास तथा कौडा खेलिरहेको अवस्थामा एक लाख ४४ हजार १७० रुपैयाँसहित निजहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चितवन खैरहनी ८ लक्ष्मीनगर बस्ने वर्ष ४१ को कृष्ण श्रेष्ठ, खैरहनी ६ पुरानो पर्सा बस्ने वर्ष ४४ को नवीन बस्नेत, खैरहनी ८ पर्सा बस्ने वर्ष ४१ को विष्णु सुनार, राप्ती ६ भण्डारा बस्ने वर्ष ३९ को सुदीप गिरी, वर्ष २८ को दिपेश बर्तौला, वर्ष ३६ को चूडामणि थपलिया, राप्ती ४ डडुवा बस्ने वर्ष ६८ को केशवप्रसाद तिमिल्सिना र राप्ती ५ भण्डारा बस्ने वर्ष ३५ को सुदन धरेल रहेका छन् ।