नवलपरासीमा लागु औषध सहित १२ जना पक्राउ




नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले लागु औषध सहित १२ जनालाई पक्राउ गरेको छ । साढे दुई महिनाको अबधिमा १२ जनालाई पक्राउ गरी कारबाही गरिएको जनाएको छ ।

 

उनीहरुको साथबाट प्रहरीले १० केजी चरेश, १३१ एम्पुल डाईजापाम,१३१ एम्पुल नुफिन, १३१ एम्पुल फेनारगन, २२५ ट्याब्लेट नाईट्राभेट, २६१ क्याप्सुल स्पास्मो, ८ सीसी कोरेक्स लागु औषध बरामद गरेको छ ।

 




प्रहरी उपरीक्षक मनोज कुमार यादवले कार्यभार सम्हालेको साढे २ महिनाको अवधीमा २ करोड ४९ लाख ४५ हजार २ सय ११ मुल्य बराबरको राजश्व संकलन गरेको जनाइएको छ ।

 

प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट यस अवधिमा २ करोड १३ लाख २९ हजार ४ सय ११ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामानहरु हरियो केराउ, बिभिन्न किराना सामान, हाडवरको सामान,लत्ता कपडा, विभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।

 

त्यसैगरी यस अवधिमा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न १५ वटा ट्याक्टर, २ वटा जेसीबी समेत पक्राउ गरी कारबाही गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयले सोही अबधिमा ३२ लाख ९० हजार श्रोत नखुलेको रकम सहित २ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।

 

प्रहरीले २० हजार ८ सय मुल्य बराबरको अवैध काठ बरामद तथा अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन्, श्रोत नखुलेको रकम तथा अवैध काठ समेत गरी कुल जम्मा २ करोड ४९ लाख ४५ हजार २ सय ११ मुल्य बराबरको राजश्व संकलन गर्न सफल भएको हो । सोही अबधिमा जिल्ला प्रहरी कार्यालयले १० जना फरार अभियुक्त पक्राउ गरी अदालतमा बुझाएको छ ।



सम्बन्धित
Loading...