पाल्हीनन्दनका ग्रामिण वस्ती बत्तीले झिलीमिली


दाउन्ने संवाददाता –




परासी। पश्चिम नवलपरासीको दक्षिणी भारतीय सिमानामा जोडिएको पाल्हीनन्दन गाउँपालिकाका ग्रामिण क्षेत्रका सडकहरुमा रातीको समयमा उयालो पार्नका लागि सडक बत्ती लगाएर फिलीमिली पारिएको छ ।

पुर्ण ग्रामिण क्षेत्र रहेको पाल्हीनन्दन गाउँपालिकका वडा नम्बर ३ र ४ का विभिन्न सडकहरुमा सडक बत्ती लगाएर गाउँलाई फिलिमिली पारिएको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख बैजु प्रसाद गुप्ताले बताए।




आर्थिक वर्ष २०७६÷७७ को वजटमा पालिकाको वार्ड नम्बर ३ का कुश्मा, परसीया, बेलासपुर र वार्ड नम्बर ४ का पाली, लोहरौली, बैरवा, लगायतका गाउँका सडकहरुमा सडक बत्ती लगाईएको छ भने आगामी आर्थिक वर्षमा क्रमश पाल्हीनन्दनका अन्य वडाका सडकहरुमा समेत सडक बत्तीहरु लगाईने योजना रहेको गाउँपालिका प्रमुख गुप्ताले बताए ।

दैनिक जिवनको सहजतासंगै चोरी, द्ुर्घटना, वा अन्य प्रकारका सामजिक अपराधलाई समेतलाई नियन्त्रण पनि गर्ने र ग्रामिण क्षेत्रलाई सुन्दरीकरणको उदेश्यका साथ गाउँगाउँमा सडक बत्तीहरु लगाईएको बताईएको छ ।

स्थानिय सरकारको लगानीमा गाउँका सडकहरुमा विद्युतीय पोलहरुमा रातीको समयमा उज्यालो बनाउने गरि विद्युतीय बल्वहरु लगाईएको छ भने गाउँका चोक चौराहाहरुमा भने हाई बोल्टेजका विद्युतीय बल्वहरु लगाईएको छ ।

पहिलो चरणमा गाउँपालिकाका दुई वटा वार्डमा सडकहरु विद्युतीकरण गरीएको छ भने आगामी आर्थिक वर्षमा गाउँपालिकाका अन्य वडाका ग्रामिण सडकहरुमा समेत सडक बत्ती लगाईनका लागि गाउँपालिकाले रकम विनियोजन गरेको पाल्हिनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताए।

भारतीय सिमाना संग जोडिएको नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले चोरी, सिमानाबाट सामानको चोरी निकासी रोकनका लागि गाउँपालिकाको वडा नम्बर १ देखी ६ सम्म नै सडकहरुमा सडक बत्ती सहित सिसी क्यामराहरु जडान गर्ने योजना रहेको बताईएको छ ।



सम्बन्धित
Loading...