नेकपा (एकीकृत समाजवादी) ले कावासोतीमा खोल्यो जिल्ला पार्टी कार्यालय

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा (एकीकृत समाजवादी) नवलपुरले कावासोती ८ मा जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) नवलपुरका अध्यक्ष सालिकराम भट्टराईले शुक्रबार कावासोतीमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको बताए ।
पार्टी कार्यालय भने पार्टीका केन्द्रिय स्तरका नेताले उद्घाटन गर्ने गरी औपचारिक कार्यक्रम राखेर मात्र उद्घाटन गरिने उनले बताए ।
नेकपा एमाले विभाजन पछि माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी नवलपुरमा पनि गठन भएको छ ।