बेली ब्रिज बने पनि तुरिया खोला पुलमा कम क्षमताका गाडी मात्र चल्ने

गोपी ज्ञवाली –
नवलपरासी, १ असोज । पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सुनवलमा रहेको तुरिया खोलामा बेलिबृज निर्माण गरिएको भए पनि पुलमा कम क्षमता भएका सवारी साधन मात्र संचालन हुने भएका छन ।
सडक डिविजन कार्यालय बुटवलको तत्पर्तामा सुनवलको तरिया खोलामा भाचिएको पक्की पुल कै माथीबाट बनाईएको बेलीबृजबाट एक तर्फी एवं कम क्षमताका सवारी साधन मात्र चलन सक्ने ब्यावस्था रहेको सडक डिविजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासीनीले बताएका छन ।
प्रमुख मरासीनिका अनुसार यो बेलिबृजबाट २० टन भन्दा कम क्षमताका सवारी साधनहरु मात्र संचालन हुने भए पछि ठुला र मालवाधक सवारी साधनहरलाई भुमही भेरहवा हुदै बुटवल जानु पर्ने ब्यावस्था गरिएको छ ।
गत भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पुर्वपश्चिम राजमार्गको पश्चिम नवलपरासी सुनवल खण्डमा रहेको तुरिया खोला र देवदहको घोडाहामा रहेको पक्की पुल भाचिए पछि पुर्वपश्चिम लोकमार्गमा करिब एक महिना देखी यातायात ठप्प रहेको थियो ।
एकै समयमा भाँचिएका तुरिया खोला पुलमा पुरानो पुल माथि बेलिबृज बनाईएको छ भने देवदहको घोडाहामा पुरानो पुल देखी उत्तर तर्पmबाट अस्थाई रुपमा डाईवर्सन बनाई यातायात संचालमा आएको छ ।
तरिया खोलामा पानीको बहाव पनि बडि भएको खोलको गहिराई पनि बडी भएको र डाईवर्सन बनाउनका लागि प्रयाप्त स्थानको समेत अभाव भएका कारण भाचियको पुलको माथि नै बेलिबृज जडान गरिएको सडक डिविजन कार्यालय बुटवलका प्रमुख मरासीनिले बताए ।
भदौको दोस्रो हप्तामा परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीको सुनवल र देवदहको घोडाहामा पक्की पुल भाचिएका थिए भने दर्जनौं स्थानमा सडक मर्मतका क्रममा वर्दघाट देखी बुटवल सम्मको दुरीमा बनाईएका करिब एक दर्जन डाईवर्सनहरु बाढीले बगाएको थियो ।
खोलाहरुमा बनाईएका पुल र डाईवर्सनहरु वगाए पछि करिब एक महिना पुर्व पश्चिम राजमार्गमा हिडने लामो दुरीका सवारी साधनहरु पश्चिम नवलपरासीको भुमहि देखी भैरहवा बुटवल हुदै संचालन गरिएको थियो ।