हत्या गरेको आरोपमा एक जना पक्राउ




चितवन, २ असोज । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो ।




कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरीको भनाइ छ ।

मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ भने सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...