संविधान दिवसमा नवलपुरबाट को को विभुषित 




संविधान दिवसको अवसरमा सरकारले दिने विभुषणबाट नवलपुरका ३ जना विभुषित भएका छन् ।

प्रहरीदेखि सामाजिक अभियान्तासम्म विभुषित भएका हुन् ।

 




नवलपुरका प्रहरी प्रमुख मल्ललाई ‘प्रबल जनसेवाश्री’ प्रदान

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरिक्षक प्रकाश मल्ललाई संविधान दिवसको अवसरमा ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गरिएको छ ।

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्नुभएको हो ।

 

गैँडाकोटकी सामाजिक अभियान्ता भट्टराईलाई ‘जनसेवाश्री’ प्रदान

गैँडाकोट । गैँडाकोटकी सामाजिक अभियान्ता लक्ष्मी भट्टराईलाई संविधान दिवसको अवसरमा ‘जनसेवाश्री’ मानपदवी प्रदान गरिएको छ ।

भट्टराई एकल महिला सहित समस्त महिलाको सशक्तीकरण र क्षमता विकासका लागि समाजसेवामा निरन्तर लाग्नुभएकी एकल महिला पैरवी मञ्चकी अध्यक्ष हुन् ।

 

गैँडाकोटका प्रहरी प्रमुख खनाललाई ‘नेपाल प्रताप सूभुषण’ प्रदान

ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरिक्षक लक्ष्मी खनाललाई संविधान दिवसको अवसरमा अलाङ्कारतर्फ ‘नेपाल प्रताप सूभुषण’ प्रदान गरिएको छ ।



सम्बन्धित
Loading...