अरुणखोलाको नमस्ते होटलमा ग्राहक अचेत अवस्थामा

नवलपुर । पूर्वी नवलपरासीको अरुणखोलामा रहेको नमस्ते होटलमा एक जना ग्राहक कोठामा अचेत अवस्थामा फेला परेका छन् ।
पर्वतको फलेवास नगरपालिका १० निवासी ३८ बर्षीय श्याम नारायण पौडेल होटेलको कोठामा अचेत अवस्थामा भेटिएका हुन् ।
होटेल सञ्चालकले खबर गरेपछि उनको उद्दार गरी मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।
उनको चितवनको पुष्पाञ्जली अस्पतालमा उपचार भईरहेको र अवस्था अझै अचेत रहेको प्रहरीले जनाएको छ ।