जुवा तास खेलिरहेका सात जना पक्राउ




स्याङ्जा । पुजतलीबजार नगरपालिका १३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६५ रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।




यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...