आम सन्चार विधयेक तत्काल फिर्ता लिन नेपाल पत्रकार महासंघ नवलपुर शाखाको माग




कावासोती। नेपाल पत्रकार महासंघ नवलपुर शाखाले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको आम संचार विधेयकमा केहि प्रावधानहरु नेपालको संविधानले प्रदत गरेको अधिकार अभिव्यक्ति स्वतन्त्रता प्रतिकुल रहेको भन्दै तत्काल विधेयक फिर्ता लिन माग गरेको छ ।

 

प्रदेश सरकारले प्रदेश सभामा टेबल गरेको विधेयकमा भएका केही प्रावधानहरु प्रेस स्वतन्त्रता विरोधी र नागरिक अधिकार कुण्ठित गर्ने गरि उल्लेख गरिएकोले प्रेसलाई नियन्त्रण गर्ने गरि ल्याईएको विधेयक आफुहरुलाई मान्य नहुने भन्दै नेपाल पत्रकार महासंघ नवलपुर शाखाले समितिले सोमबार प्रमुखजिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी मार्फत मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ज्ञापनपत्र बुझाउदै विधेयक तत्काल फिर्ता लिन आग्रह गरेको हो ।

 




नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष विरेन्द्र पराजुलीको नेतृत्वमा गएको पत्रकारहरुको टोलि प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई ज्ञापनपत्र बुझाएको हो ।

 

प्रदेश सरकारले प्रदेश सभाको विधायन समितिमा टेबल गरेको विधयेक प्रेस माथि अंकुस लगाउने गरि ल्याउन लागिएको भन्दै सर्वत्र विरोध हुदै आएको छ ।

 

यस अघि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले गत बिहिबार प्रदेश सरकारका कानुन मन्त्री विन्दुकुमार थापालाई विधयेक तत्काल फिर्ता लिन माग गर्दै बुझाईसकेको छ ।

 



सम्बन्धित
Loading...