बर्दघाटका १४ बर्षीय बालक ६ महिनादेखि वेपत्ता, खोजि गरिदिन मलेसियाबाट गरे उनका बुवाले अपिल

रामकुमार श्रेष्ठ –
परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १५ काँग्रेस चोक निवासी १४ बर्षीय बालक ६ महिनादेखि वेपत्ता भएका छन् ।
बर्दघाटका १४ बर्षीय बालक चैत्र १२ गते आइतबारदेखि घरबाट वेपत्ता भएका उनका पिता अर्जुन चापकोटे कुमालले बताए ।
अर्जु अहिले वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा गएका छन् । घरमा कान्छी श्रीमती रहेको उनले बताए ।
छोरा नविन कुमालका लागि खोजीका लागि उनले मलेसियाबाटै सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
आफू विदेशमा रहेको र घर रहेका आफन्तलाई प्रहरीकोमा खबर गर्न पठाए पनि नगएको उनले बताए ।