शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्र सुर्ती र मदिरा रहित घोषणा गर्न माग




नवलपरासी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नवलपरासीद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नवलपरासीका महिला संगठनहरुले स्थानीय तहका प्रमुखहरु लगायत प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयलाई विभिन्न प्रकारका मांग गरि ज्ञापन पत्र बुझाएको अखिल नेपाल महिला संघ नवलपरासीकी जिल्ला अध्यक्ष बविता विकले बताइन् ।




पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा शैक्षिक संस्था, स्वाश्थ्य चौकी, अस्पताल लगाएतका संस्थाहरुको वरापर सुर्ती जन्यबस्तु, मादक पदार्थ लगाएतका बस्तुहरुको बेचविखनमा रोक लगाउनु पर्ने, शैक्षिक संस्थाहरु महिला महिला मैत्रि बनाउनु पर्ने, माध्यामिक तहहरुका विद्यालयहरुमा नर्सहरुको ब्यावस्थापन गर्नु पर्ने, नवलपरासी जिल्ललाई महिला हिंसा मुक्त जिल्ला घोषणा गर्नु पर्ने, लगाएतका माँगहरु सहितको ज्ञापन पत्र बुझाईएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सचिव सिता बौडेलले बताइन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय योजना अनुसार सबै स्थानिय तहहरुमा र सबै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाउने योजना अन्तर्गत ज्ञापन पत्र बुझाईएको बताईएको छ ।

 

नवलपुरका स्थानीय तहमा पनि ज्ञापन पत्र बुझाए

 

स्वास्थ्य क्षेत्र तथा शैक्षिक क्षेत्रको परिषर तथा हाता भित्रको क्षेत्रलाई मदिरा र सुर्तीजन्य वस्तु मुक्त क्षेत्र घोषणा लगायतका माग गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीले नवलपुरका स्थानीय तहमा पनि ज्ञापन पत्र बुझाएका छन् ।

 

सोमबार कावासोती नगरपालिका, देवचुली नगरपालिका, गैडाकोट नगरपालिका लगायतका स्थानीय तहरुमा महिला संघले ज्ञापन पत्र बुझाएको हो ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी कावासोतीका अध्यक्ष हेमकुमारी सुनारको नेतृत्वको टोलीले कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा माध्यमिक तहका विद्यालयहरुमा स्टाफ नर्सको व्यवस्था गर्नु पर्ने, माध्यमिक तहका विद्यालयलाई किशोरी मैत्री बनाउन लैंगिक मैत्री शौचालयको व्यवस्था गर्नु पर्ने, छोरीलाई पनि छोरालाई सरह पैतृक सम्पत्तिमा अधिकार दिनु पर्ने, पालिकाको बजेटको १० प्रतिशत बजेट लैंगिक मैत्री वातावरण सिर्जना गर्नका लागि छुट्याउनु पर्ने लगायतको माग राखेको छ ।

 

त्यसैगरी महिलाका अधिकार पूर्ण रुपमा कार्यान्वयन हुनु पर्ने माग गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारी गैँडाकोटले सोमबार गैँडाकोट नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

 

संविधानमा उल्लेख भएका महिलाका अधिकार पुर्णरुपमा कार्यान्वयन हुन नसक्नु दुखद भएको भन्दै सबै महिलाले पूर्णरुपमा अधिकारको प्रत्याभुत गर्न पाउनुपर्नेमा जोड दिएको छ ।

 

पछिल्लो समय बढ्दै गएको महिला हिसां, लैङ्गिक बिभेद अन्त्य हुनुपर्ने उनीहरुको माग रहेको छ ।

 

ज्ञापन पत्र बुझाउदै अखिल नेपाल महिला संघ क्रान्तिकारी नगर अध्यक्ष अम्विका सापकोटा कंडेलले किशोरी मैत्री वातावरण बनाउन, किशोरीहरुलाई आराम कक्ष, शौचालयको व्यवस्था, स्यानीटरी प्याडको सहज व्यवस्था मिलाउनुपर्ने माग गरिन् ।

ज्ञापन पत्र बुझ्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले अखिल नेपाल महिला संघ क्रान्तिकारी गैँडाकोटले राखेका माग मध्ये धेरै माग गैँडाकोट नगरपालिकाले सम्बोधन गरिसकेको बताउँदै बाँकी माग पनि चाँडो सम्बोद्धन गर्ने बताए ।

 

यस्तै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले देवचुली नगरपालिकालाई १४ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।

सोमबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) देवचुलीका अध्यक्ष सुनिता बसेल क्षेत्री, केन्द्रीय सदस्य प्रेमा खनाल लगायतको टोलीले देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझेपछि देवचुली नगरपालिकाका नगर उपप्रमुख तिवारीले महिलाहरुको हक अधिकारको क्षेत्रमा पर्ने शतप्रतिसत मागहरु कार्यान्वयन गराउने प्रयास गर्ने बताइन् ।



सम्बन्धित
Loading...