जंगलमा बेवारिसे कपडा बरामद




कावासोती । नवलपुर प्रहरीले पूर्वपश्चिम राजमार्गको डण्डा चोरमारा बीच जंगल ४० किलो भन्ने स्थानमा वेवारिसे कपडा बरामद गरेको छ ।

 

प्रहरीले चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको लु २ ख ४५३ नं को ट्रक चेक जाँच गर्दा उक्त ट्रकमा बेवारिसे कपडा बरामद गरेको हो ।




प्रहरीले लेडिज टप्स ७ सय १५ पिस र लेडिज सुरुवाल १२ पिस फेला पारेको हो ।
बरामद कपडा प्रहरी कार्यालयमा राखिएको छ ।

 

नवलपुरमा ट्रकको ठक्करबाट एक जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको नवलपुरमा ट्रकको ठक्करबाट एक जना घाइते भएका छन् ।

 

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार नम्बर नखेलेको १२ चक्के ट्रकले बाटो क्रस गर्ने क्रममा विनयी त्रिवेणी २ ज्यामिरेमा गएराति विनयी त्रिवेणी २ कालिका डाँडा निवासी १९ बर्षीय सागर परियारलाई ठक्कर दिएको हो ।

उनको बाँया खुट्टामा चोट लागेको र उनको मध्यविन्दु जिल्ला अस्पतालमान उपचार भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...